बुटवल । एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा निर्वाचित भएका छन् । थापाले सत्ता गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरसहित थापा निर्वाचित भएका हुन् । थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन् । थापा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् । यो क्षेत्रमा २०७४ मा पौडेलले जितेकी थिइन् ।
प्युठानमा एमालेका सूर्य थापा विजयी
ताजा समाचार
काठमाडौं फेरि विश्वकै ‘प्रदूषित’ सहर
१ घन्टा अघि
आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा
५ घन्टा अघि
आज चैते दशैँ पर्व मनाइँदै
१ दिन अघि