गृहमन्त्री खाँणलाई राप्रपाका बोहोराले पछि पारे | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८१, शनिबार

गृहमन्त्री खाँणलाई राप्रपाका बोहोराले पछि पारे

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण पहिलोपल्ट मतगणनामा पछाडि परेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा उनले रुपन्देही ३ मा एमालेको सहयोगमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहोरालाई झिनो मतले पछि पार्दै आएका थिए। तर मंगलबार बिहानदेखि बोहोराले खाँणलाई पछाडि धकेलेका छन् । बोहोराले ४१ सय ७० र खाँणले ३९ सय १९ मत पाएका छन् । उनी साढे दुई सय मतले पछाडि परेका छन् । खाँण अघिल्लोपटक समानुपातिकबाट सांसद चुनिएका थिए।

राप्रपाका उम्मेदवार अहिलेसम्म देशका पाँचवटा निर्वाचन क्षेत्रमा अगाडि छन् । जसमा झापा ३ मा राजेन्द्र लिङ्देन, नवलपरासी १ मा ध्रुवबहादुर प्रधान, जुम्लामा ज्ञानेन्द्र शाही, बाँके १ मा धवलशमशेर राणा र रुपन्देही ३ मा दीपक बोहोरा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);