काठमाडौं। निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ। अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ। साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ। आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ।
१५ वटा केन्द्रमा रोकियो मतदान कार्य, सुचारु गर्ने प्रयास : आयोग
ताजा समाचार
धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब
१ घन्टा अघि





