बंगलादेशी युवकले दिए राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

एजेन्सी, २७ मंसिर । अमेरिकाको न्यूयोर्कस्थित बस टर्मिनलमा बम विस्फोट गराउने बंगलादेशी युवकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएको खुलासा भएको छ ।

बम विस्फोट गराउनुपूर्व बंगलादेशी २७ बर्षीय युवक अकायद उल्लाहले फेसबुकमा राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएको खुलेको हो । उनले फेसबुकमा ‘ट्रम्प आफ्नो देशको सुरक्षामा असफल भएको’ पोस्ट गरेका थिए । अमेरिकी अभियोजनकर्ताहरुले इस्लामिक स्टेट समूहको समर्थनमा ती युवकले बम विस्फोट गराएको दाबी गरेका छन् ।

विस्फोटमा अकायद उल्लाहसहित अन्य तीन जना घाइते भएका थिए । न्यूयोर्क पुलिस डिपार्टमेन्टले अकायद उल्लाहविरुद्ध हतियार राखेको, चरमपन्थी कारबाहीको समर्थन गरेको र आतंकवादी धम्की दिएको आरोप लगाइएको जनाएको छ । ती युवकले क्रिसमसका अवसरमा बालिने विद्युतीय तारको प्रयोग गरेर घरमै बम बनाएको बनाएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);