यस्ताे छ आजकाे तरकारी र फलफूलको मूल्य | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

यस्ताे छ आजकाे तरकारी र फलफूलको मूल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ रहेकाे जनाएकाे छ ।  हरियो अंगुर २९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, एभोकाडो २२५ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ, रातो भारतीय आलु ३५ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ २० पैसा, भिण्डी ८६ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती १३० रुपैयाँ, किवि २२५ रुपैयाँ, अकबरे खुर्सानी १७० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएकाे छ ।

लोकल गाजरको औसत मूल्य प्रतिकेजी ११७ रुपैयाँ ५० पैसा, गान्टे मूला ८५ रुपैयाँ, गुन्दुक ३२५ रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ, राजमा घिउ सिमी १२६ रुपैयाँ ६७ पैसा,  घिरौँला ६५ रुपैयाँ ६७ पैसा, चम्सूरको साग १७५ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ५५ रुपैया, निबुवा ४५ रुपैयाँ, परवर ३७ रुपैयाँ ५० पैसा, पालूगो साग १७५ रुपैयाँ, भारतीय सुकेको प्याज ५१ रुपैयाँ २० पैसा र हरियो धनिया ९० रुपैयाँ रहेको छ ।

Leave a Reply