आज कति छ तरकारी तथा फलफूलको मूल्य, (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

आज कति छ तरकारी तथा फलफूलको मूल्य, (सूचीसहित)

काठमाडौं, ४ पुस । आज सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । समितिले निर्धारण गरेको विवरण अनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, हरियो अंगुर २१३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै,अदुवा ५५ रुपैयाँ, नेपाली ठूलो गोलभेंडा ३५ रुपैयाँ, अनार २८३ रुपैयाँ र अमला ५६ रुपैयाँ ६७ पैसा छ । त्यस्तै, अम्बा १५६ रुपैयाँ ६७ पैसा, आभोकाडो २७५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैया, रातो आलु ४९ रुपैयाँ २० पैसा, सेतो आलु ४१ रुपैया छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती ९८ रुपैयाँ, किवी १८३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी ३१३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, गुन्दुक ३१० रुपैयाँ, टनेल गोलभेडा २० रुपैयाँ ४०, राजमा घिउ सिमी ८६ रुपैयाँ ६७ तोकिएको छ । चम्सुरको साग ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लोकल परवर ६५ रुपैयाँ, भारतीय सुकेको प्याज ४१ रुपैयाँ २० पैसा र हरियो धनिया ५० रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);