कांग्रेस हार्नुको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ : नेता पौडेल | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

काठमाडौं, २६ मंसिर । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय भएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले हार व्यहोर्नुको मुख्य जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने बताएका छन् ।

कांग्रेसले अनुमान नै नगरेको नतिजा आएको भन्दै नेता पौडेलले यसको कारण पत्ता लगाएर पार्टीलाई सुदृढ बनाइने बताए । नेता पौडेलले नेतृत्वले पार्टी बनाउने कुरामा भन्दा अन्य कुरामा ध्यान दिएका कारण अप्रत्यासित नतिजा व्यहोर्नु परेको बताए । उनले छिट्टै हारका कारणबारे अध्ययनगरी छलफल सुरु गर्ने समेत बताएका छन् ।

पौडेल तनहुँबाट वाम गठबन्धनका उम्मेदवारसँग प्रतिनिधिसभा सदस्यमा पराजय भएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);