सत्तारुढ गठबन्धनको टोली कर्णालीकाे चुनावी अनुगमनमा   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सत्तारुढ गठबन्धनको टोली कर्णालीकाे चुनावी अनुगमनमा  

जु्म्ला । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीसहितको गठबन्धनको टोली  जुम्ला आइपुगेको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य  निर्वाचनको प्रचारप्रसार भइरहँदा टोली गठवन्धनको अवस्था बुझ्न जुम्ला आइपुगेको हो। अध्यक्ष केसी, कांग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्ण रोकाया, एकीकृत समाजवादीका प्रदेश सचिव ठगेन्द्र प्रसाद पुरीसहितको टोलीले निर्वाचनमा गठबन्धन  जिताउनका लागी कर्णाली प्रदेशका सबै जिल्लामा अनुगमन गरिरहेको हो । विमला केसी निर्वाचन परिचालन तथा अनुगमन समितिको संयोजक हुन । टोलीले कर्णालीका सबै जिल्लामा पुगेर भेटघाट छलफल गर्नेछ। अध्यक्ष केसीका अनुसार सल्यान, रुकुम, जाजरकोट, सुर्खेत, हुम्ला, मुगु, जुम्लामा अनुगमन सम्पन्न गरेको छ । जुम्लामा अनुगमन टिमले पार्टीको दुई तहको नेतृत्व, नागरिक र स्वतन्त्र व्यक्ति सँग समेत निर्वाचनमा गठवन्धनको अवस्थाका छलफल गरेको छ।

गठबन्धनका नेताहरु माओवादीका कर्णाली अध्यक्ष केसी र काग्रेसका प्रदेश महामन्त्री रोकायाले आ-आफ्नो पार्टीसँग पनि छलफल गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);