धनकुटा । छथर जोरपाटी गाउँपालिका–३ काजिमाने पिङडाडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बु छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छथर जोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
ताजा समाचार
शेयर बजार साढे ५ अङ्कले घट्याे,कारोबार रकम बढ्यो
१ घन्टा अघि
त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत
१ घन्टा अघि
मोरङका एक व्यक्तिको शंखमुलमा शव फेला
४ घन्टा अघि
उत्तरी गोरखाको साम्दो क्षेत्रमा हिमपात
४ घन्टा अघि
घट्यो देशभरको वायु प्रदूषण
४ घन्टा अघि