२२ कात्तिकमा जुम्ला आउँदै प्रचण्ड, हुम्ला र कालिकोटको चुनावी सभालाई समेत सम्धाेन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

२२ कात्तिकमा जुम्ला आउँदै प्रचण्ड, हुम्ला र कालिकोटको चुनावी सभालाई समेत सम्धाेन गर्ने

जुम्ला। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २२ कात्तिकमा साविककाे माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बाेधन गर्ने भएका छन् । प्रचण्डले एकै साथ तीन जिल्लामा गठबन्धनको आमचुनावी सभा सम्बोधन गर्ने भएको माओवादी पार्टीका एक नेताले जानकारी दिएको छ।माओवादीका नेता मनऋषि धितालका अनुसार अध्यक्ष जुम्ला, कालिकोट र हुम्लामा चुनावी सभा सम्बाेधन गर्ने छन् । नेता धितालले प्रचण्ड बिहान ९ बजे सुर्खेत आउने छन् । सुर्खेतबाट जुम्लामा ९ः५० बजे आउने भएका छन् । यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठबन्धनको चुनावी सभा सम्बाेधन गरेपछि हुम्लाको सर्केघाटमा १०ः१० मा जाने तालिका छ। यसैगरी, सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२ः३० मा कालिकोट जाने तालिका छ।

जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य  गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही र प्रदेश (ख)मा समाजवादीका पदम रोकाया उम्मेदवार छन् ।

Leave a Reply

ताजा समाचार