सिरहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच कडा प्रतिस्पर्धा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिरहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच कडा प्रतिस्पर्धा हुने

 सिरहा। सिरहा-२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे हाे । सिरहा-२ मा प्रतिनिधसभामा गठबन्धन तथा प्रभावकारी स्वतन्त्र उम्मेद्‌वारहरू अन्यक्षेत्रमा घरभएका छन् ।  कांग्रेसकी चित्रलेखा यादवको घर सिरहा नगरपालिकामा छ। उनले माइती नवराजपुर- ४ नहरनियाँबाट मतदान गर्नेछिन् ।एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादव उनी पनि यस क्षेत्रका मतदाता होइन । उनी नरहा गाउँपालिका ३, चोहर्वाका हुन्। उनी प्रायः चुनावै पिच्छे क्षेत्र फेर्ने नेतामा पर्छन। पहिलो संविधानसभा २०६४ मा सिरहा- ६ बाट विजयी भएका उनी दोस्रो सम्विधानसभा २०७० मा त्यहीँ पराजित भए । २०७४ मा सिरहा-४ बाट विजयी भएका उनी अहिले क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनको क्षेत्रमा पार्टीका नेता डा. वीरेन्द्र महतोले नछोडेपछि उनी  २ नम्बरमा गएका हुन्।यही क्षेत्रबाट लेखक तथा राजनीतिकर्मी  रामरिझन यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी पनि यस क्षेत्रका मतदाता होइनन्। उनी सिरहा नगरपालिका १९ सन्हैठाका मतदाता हुन्। सन्हैठा सिरहा क्षेत्र नम्बर ३ मा पर्छ। प्रतिनिधिसभाका अर्का उम्मेदवार पत्रकार देवकुमार यादव पनि आफैँलाई मत हाल्न पाउँदैनन्। उनी पनि सिरहा ४ नम्बर वडाका मतदाता हुन्। उनको घर पनि सिरहा क्षेत्र नम्बर ३ मा पर्छ।

यस क्षेत्रबाट चर्चित तथा वरिष्ठ गायक, संगीतकार तथा अभिनेता मुरलीधर मिझार पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। उनीसहित साना पार्टी र स्वतन्त्र गरी २४ जनाले यो क्षेत्रबाट उम्मेवारी दिएका छन्।

यो क्षेत्रमा सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनकै बीच भारी प्रतिस्पर्धा हुने आ‌ंकलन गरिएकाे छ। गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने सत्ता गठबन्धनका उम्मेदवार चित्रलेखा यादवको पल्लाभारी रहेकाे दाबी गरिएकाे छ । यस क्षेत्रमा पर्ने सत्ता गठन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मतलाई आधार मान्दा सत्ता गठबन्धन नै अगाडि देखिएको हाे ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);