पराकम्पनले गरेको क्षतिपछि एकीकृत बस्ती विकासको संभावना उपयुक्त | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

पराकम्पनले गरेको क्षतिपछि एकीकृत बस्ती विकासको संभावना उपयुक्त

शिखा श्रेष्ठ फागुन २३, धादिङ ।
२०७२ बैशाख १२ गतेका र त्यसपछिका पराकम्पनले गरेको क्षतिपछि एकीकृत बस्ती विकासको संभावना उपयुक्त रहेकाले त्यसतर्फ पुनर्निर्माण प्राधिकरणले जोड दिने राष्ट्रिपुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्द

पराकम्पनले गरेको क्षतिपछि एकीकृत बस्ती विकासको संभावना उपयुक्त

शिखा श्रेष्ठ फागुन २३, धादिङ । २०७२ बैशाख १२ गतेका र त्यसपछिका पराकम्पनले गरेको क्षतिपछि एकीकृत बस्ती विकासको संभावना उपयुक्त रहेकाले त्यसतर्फ पुनर्निर्माण प्राधिकरणले जोड दिने राष्ट्रिपुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक डा. गोविन्द पोखरेलले बताउनु भएको छ । दैविक प्रकोप उद्धार समिति धादिङको बैठकमा उठेका जिज्ञासा सम्बोध गर्दै कार्यकारी निर्देश पोखरलले पुननिर्मााको कार्य जति ढिलो गर्यो उति नै एकीकृत बस्ती विकासको सम्भावना टर्दै जाने हुनाले छिटोभन्दा छिटो एकीकृत वस्ती निर्माण तर्फ लाग्नु सबैलाई आग्रह गर्नुभएको हो ।

 

पहिलो किस्ता पछि निर्माण गर्नुपर्ने आवश्यक पूर्वाधार पुरा गरेपछि दोस्रो किस्ता तत्कालै पाउने व्यवस्था मिलाएको कार्यकारी निर्देशक पोखरेलले बताउनु भयो । एकीकृत बस्ती निर्माणको जिम्मेवारी लिन गैरसरकारी निकायलाई पनि आग्रह गर्दै पोखरेलले एकीकृत वस्ती निर्माणका लागि प्रपोजल आए प्राधिकरणले नै उक्त स्थानमा खानेपानी, सडक र विद्युत्त पुर्याउने जिम्मा लिने बताउनु भयो । भूकम्पपछिको पुनर्निर्माणको कार्यक्रमा केही ढिलाइ भएको स्वीकार गर्दै पोखरेलले नियत, संस्कार र क्षमतालाई ध्यान दिएर सबैले काम गर्न आग्रह गर्नुभयो ।

 

प्राधिकरणले पीडितका गुनासालाई छिट्टै सम्बोधन गर्ने र ती गुनासा अब केन्द्रबाट नभइ जिल्लाबाट नै सम्बोधन हुने उहाले बताउनु भयो । पुननिर्माणको बजेट निर्माणमा नै केही त्रुटि रहेको बताउँदै पोखरलेले दाताले बोले अनुरुप र समयमा रकम नदिएको स्वीकार गर्नुभयो । गाविस सचिवले सर्जिमिनी गरेर पठाएको सिफारिसको छ भने सोही आधारमा छुटेकाहरुलाइ पहिलो किस्ता दिन पोखरेलले निर्देशन दिनुभयो । कार्यकारी निर्देशक पोखरेलले आफैँ बस्ती सर्न चाहने र सुकुम्बासीका हकमा आवश्यक घडेरीको व्यवस्था गर्न प्राधिकरण तयार रहेको बताउनु भयो । विपन्न र दुर्गम क्षेत्रका बस्तीका पीडितहरुलाई थप रकम सहयोग गर्न गैरसरकारी निकायलाई आग्रह गर्नुभयो ।

Leave a Reply