इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न

काठमाडौं। इस्टर्न हाइड्रोपावरको आइपीओ बिहीबार बाँडफाँट भएको छ। यसमा कुल ६२ हजार ५१९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीका कर्मचारीहरूबाट एक हजार ८०१ कित्ता सेयरका लागि आवेदन नपरेपछि उक्त सेयर पनि सर्वसाधारणलाई थप गरी बाँडफाँट गरिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ । आइपीओमा कुल १३ लाख ५८ हजार २२० जनाले आवेदन दिएकामा एक हजार ९९६ जनाको आवेदन रद्द भएको थियो । इस्टर्नले २८ असोजदेखि २ कात्तिकसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो।

आइपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र निष्कासनकर्ता इस्टर्न हाइड्रोपावरको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  बाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);