पटका खरिद बिक्री एवं पड्काउन रोक | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

पटका खरिद बिक्री एवं पड्काउन रोक

खोटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङले तिहारको बेला पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक र प्रज्वलित सामग्री ओसार पसार, खरिद बिक्री एवं प्रयोगमा रोक लगाएको छ । आगलागी हुने, धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भन्दै प्रशासनले विष्फोटक पदार्थको ओसार पसार, खरिद बिक्री र प्रयोगमा पूर्णत रोक लगाएको जनाएको छ ।  प्रशासनले कोही कसैबाट पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ खरिद बिक्री एवं प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ । तिहारकाे समयमा पटका, भुइँचम्पा र रकेट जस्ता विष्फोटक पदार्थ पड्काउने गरिएपछि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बन्देज लगाएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गरी हो-हल्ला गर्ने, झै–झगडा गर्ने, जुवा तास खेल्ने जस्ता कार्य नगर्न आग्रह गरिएको छ । प्रशासनले तिहारमा रातको १० बजेसम्म मात्र देउँसी भैली सञ्चालन गर्न पनि सूचना जारी गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);