मापसे चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

मापसे चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा

काठमाडौं । तिहार नजिकिएसँगै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ । प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो । लेन अनुशासन पालना नगर्ने ७६  सवारी चालक पनि कारबाहीमा परेका छन् ।

सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न  बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply