सुनकोशी–मरिन डाईभर्सन स्थलमा उर्जामन्त्री, स्विच अन गरी सुरुङ खन्ने कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

सुनकोशी–मरिन डाईभर्सन स्थलमा उर्जामन्त्री, स्विच अन गरी सुरुङ खन्ने कार्य सुरु

सिन्धुली । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य आजबाट सुरु हुने भए पछि त्यसको निरिक्षणमा उर्जा मन्त्री पम्फा भुषाल सिन्धुली पुगेकी छिन । मन्त्री भुषालले स्विच अन गरी सुनकोशी–मरिन डाइभर्सनको सुरुङ खन्ने कार्यको उदघाटनसमेत गरेकी छिन ।

सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ आजवाट खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिवाट खनिएको हो । मरिन खोलवाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजवाट टनेलका लागि तालिका बनाएको छ ।

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका  करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन । सुनकोशी नदिको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ  । सो आयोजनाको उदघाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);