काठमाडौँ, २३ मंसिर। काठमाडौं क्षेत्र नं. २ बाट एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
नेता नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी भएका हुन्।
उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए भने विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याएका छन्।