गोरखा, २३ मंसिर। गोरखा क्षेत्र नम्बर २ क बाट नयाँ शक्तिका उम्मेदवार हरिशरण आचार्य प्रदेशसभामा विजयी भएका छन्। उनले १५ हजार ३ सय ४३ मत ल्याएर बिजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनका साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी कमला नहर्कीले १२ हजार ६५ मत ल्याइन्। उनी नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य छन्।