विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं। देशका विभिन्न स्थानबाट अवेध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ लोथरबाट १ केजी ८ सय ग्राम अफिमसहित राक्सिराङ गाउँपालिका–४ बस्ने १७ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया तिनकुने चोकबाट ३२ केजी गाँजासहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुर बस्ने ४१ वर्षीय हिरालाल स्याङतान र ३५ वर्षीया लक्ष्मी मोक्तान रहेका छन् ।हेटौंडाबाट सिमरातर्फ जाँदै गरेको ना.१ ह ५८९३ नम्बरको अटोलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक हिरालाल र अटोमा सवार लक्ष्मीलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । मोरङको रंगेली नगरपालिका–७ निचामारी पुलबाट करिब ३६ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–४ गोपी कामत बस्ने २५ वर्षीय अमित कुमार दास र ३५ वर्षीय निलेश कुमार दास रहेका छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले को.३१ प ४४१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त ब्राउन सुगर सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);