गौतम अडानी संसारको दोस्रो धनी व्यक्ति | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

गौतम अडानी संसारको दोस्रो धनी व्यक्ति

नयाँ दिल्ली। जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो हैसियत गुमाएका छन् । भारतीय व्यापार मुगल गौतम अडानी ब्लुमबर्गको अरबपति सूचांकमा द्रुत रूपमा उक्लने क्रममा बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब अडानी मात्रै छन् । पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो नै पहिलोपटक हो । अडानीको कूल  सम्पत्ति १४६ दशमलब ९ अर्ब डलर छ । उनी संसारकै सबैभन्दा धनाढ्य एलन मस्कभन्दा अझै धेरै पछाडि छन् । मस्कको कुल सम्पत्ति २६० अर्ब डलर छ ।

गौतम अडानी अडानी समूहको संस्थापक र कार्यकारी प्रमुख हुन् ।  उनले सन् १९८८ मा अडानी समूहका स्थापना गरेका थिए । अडानी समूहले कोइला व्यापार, खनन, तेल तथा ग्यास अन्बेषण, बिजुली उत्पादन र वितरणमा फैलिएको कारोबार सम्हाल्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);