काठमाण्डौँ, २२ मंसिर । कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनका साझा उम्मेदवार एमालेका नारदमुनि रानाले अग्रता कायम गरेका छन् ।
रानाले ६२४ मत ल्याउँदा दोस्रो स्थानमा ३६० मतका साथ राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरी रहेका छन् । त्यस्तै कांग्रेस उम्मेदवार आरजु राणा ३११ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छिन् ।




