हेलम्बुको खोलामा बेपत्ता भएका शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार  | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

हेलम्बुको खोलामा बेपत्ता भएका शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ को  खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ । दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु-१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको भएको हो । शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीबेरमा उनलाई काठमाडौ‌ लगिने तयारी भइरहेको छ । शनिबार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता भएका थिए । उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);