द्धन्द पिडीत भन्छन्, ”हामीले न्याय पाएनौं” | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

द्धन्द पिडीत भन्छन्, ”हामीले न्याय पाएनौं”

शम्भू माली कपिलवस्तु, २० फागुन ।
सरकार पक्षबाट र तत्कालिन बिद्रोही पक्षबाट द्धन्दको घटनामा पिडीत भएका महिला पिडीतहरुको भेला आज कपिलबस्तुमा भएको छ । ५ जिल्लाका करिब २ सय बढी द्धन्द पिडीत महिलाहरुले न्याय नपाएको गुनासो गरेका छन । बारा, कैलाली, बाँके, सप्तरी र कपिलबस्तुका गरि ५ जिल्लाका पिडीत महिलाहरुले पाउनु पर्ने सेवा सुबिधाबाट बन्चित भएको बताएका छन ।

द्धन्द पिडीत भन्छन्

शम्भू माली कपिलवस्तु, २० फागुन ।

सरकार पक्षबाट र तत्कालिन बिद्रोही पक्षबाट द्धन्दको घटनामा पिडीत भएका महिला पिडीतहरुको भेला आज कपिलबस्तुमा भएको छ । ५ जिल्लाका करिब २ सय बढी द्धन्द पिडीत महिलाहरुले न्याय नपाएको गुनासो गरेका छन । बारा, कैलाली, बाँके, सप्तरी र कपिलबस्तुका गरि ५ जिल्लाका पिडीत महिलाहरुले पाउनु पर्ने सेवा सुबिधाबाट बन्चित भएको बताएका छन । भेलामा द्धन्दमा राज्य पक्षबाट र तत्कालिक बिद्रोही पक्षबाट मारिएका तथा बेपता परिएका पिडीत महिलाहरुको सहभागीता रहेको थियो ।

 

द्धन्द पिडीत एकल महिलाहरुको नेपाली नागरिकता नभएकोले झन पीडीत बनेको वताए । द्धन्द पिडीत एकल महिलाहरुको सन्तानलाई पढाउनका लागी छात्रबृत्ति समेत सरकारबाट नपाएको उनिहरुको गुनासो छ । एकल महिलाहरुले राज्यबाट १० लाख सम्म राहात पाउने व्यवस्था भएपनि ३ देखी ५ लाख सम्म मात्र पाएको वताए । एकल महिलाहरुले जिवीकोपार्जनका लागीसमेत माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);