एजेन्सी, २२ मंसिर। बिहीबार राति पोर्चुगल तथा रियल म्याड्रिडका स्टार फर्वाड खेलाडी क्रिस्टियानो रोनाल्डोले बलोन डि ओर उपाधि जितेका छन्। ३२ वर्षीय खेलाडीले पाँचौं पटक यो उपाधि आफ्नो पोल्टामा हालेका हुन्। यो जितसँगै उनले मेस्सीको बलोन डो ओर उपाधिको पनि बराबरी गरेका छन् ।
रोनाल्डोले ९४६ अंक प्राप्त गरेका थिए भने दोस्रो भएका मेस्सीले ६७० अंक प्राप्त गरे। त्यस्तै हाल पेरिस सेन्ट जर्मनमा रहेका नेयमार ३६१ अंकसहित तेस्रो भए ।
शीर्ष दशमा रहेका खेलाडीहरु:
जियानलुइजी बुफोन
लुका मोड्रिच
सर्जियो रामोस
किलियन बाप्पे
एन्गोलो कान्टे
रोबर्ट लेवान्डोस्की
ह्यारी केन
गत वर्ष द बेस्ट प्लेयर’ को उपाधि पनि जितेका रोनाल्डोले अर्वाड कार्यक्रममा आफु निकै खुशी भएको बताउँदै मेस्सीसँगको आफ्नो प्रतिस्पर्धा चलिरहने बताएका छन्।