स्विडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

स्विडेनकी प्रधानमन्त्रीले राजीनामा दिँदै

स्टकहोम। स्विडेनकी प्रधानमन्त्री मगदालेना एन्डरसनले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । आइतबार भएको निर्वाचनमा एन्डरसनको केन्द्र–वाम गठबन्धन दक्षिणपन्थी पार्टीसँगको निर्वाचनमा झिनो मतले पराजित हुने देखिएसँगै उनले राजीनामा घोषणा गरेकी हुन् । ९९ प्रतिशत मत गणनता हुँदा वाम गठबन्धनले १७३ र दक्षिणपन्थी गठबन्धनले १७३ सिट ल्याएको छ । उदारवादी दलका नेता युल्फ त्रिस्टर्सनले सरकार बनाउने अनुमान गरिएको छ। मत पुनःगणना गरेपछि मात्र अन्तिम परिणाम घोषणा गरिनेछ, जुन स्विडेनको राजनीतिक अभ्यास हो । यसबाबजुद एन्डरसन बुधबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पराजय स्वीकार गरेकी छिन्।उनले आज बिहीबार औपचारिक रूपमा राजीनामा दिने घोषणा गरेकी छिन् । संसदमा उनीहरूलाई एक÷दुई सिट फाइदा हुन्छ’, उनले भनिन् ‘यो सामान्य बहुमत हो । यद्यपि, यो बहुमत हो । ’अपराध, आप्रवासन, समायोजन विषय र विद्युत्को बढ्दो मूल्यवृद्धि जस्ता विषयले चुनावमा स्थान पाएका थिए ।

गत वर्ष प्रधानमन्त्रीको पद सम्हालेपछि उनी नर्डिक देशबाट पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);