रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने  | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

रुस र चीनका राष्ट्रपतिले युक्रेन र ताइवान मुद्दामा छलफल गर्ने 

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्नेछन्, जसलाई क्रेमलिनले भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै ‘विशेष महत्व’ हुने बताएको छ ।  सीले यस हप्ता मध्य एसियाको यात्राको लागि दुई वर्षमा पहिलो पटक चीन छोड्नेछन्, जहाँ उनले पुटिनलाई भेट्नेछन् ।  माओ त्सेडोङ पछि सबैभन्दा शक्तिशाली चिनियाँ नेताको रूपमा आफूलाई सुनिश्चित गर्नु एक महिनाअघि उनले मध्यएसियाको भ्रमण गर्न लागेका हुन् ।

‘राष्ट्रपतिहरूले द्विपक्षीय एजेन्डा र मुख्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल गर्नेछन्’ क्रेमलिनका सहयोगी युरी उसाकोभले मस्कोमा एक छलफलमा भने ।
‘स्वाभाविक रूपमा, उनीहरूले द्विपक्षीय रणनीतिक साझेदारीमा अभूतपूर्व उच्च स्तरको विश्वासको सकारात्मक मूल्याङ्कन गर्नेछन्’ उनले थपे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);