सकियो चोलेन्द्र शमशेर जबराको बयान  | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

सकियो चोलेन्द्र शमशेर जबराको बयान 

काठमाडौं। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।  मंगलबार ८ वटा प्रश्नको जवाफ लिएसँगै समितिले जबरासँगको बयान सकेको हो । पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै उनले सर्वाेच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाएका छन् ।

उनले आक्षेपलगायतका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने मंगलबार नै समितिले निर्णय गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);