निलम्बित प्रधानन्यायाधीशजबराको बयान आज पनि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

निलम्बित प्रधानन्यायाधीशजबराको बयान आज पनि

cholendra-jabara

काठमाडौं  । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आइतबार चौथो बयान हुँदै छ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा आइतबार दिउँसो साढे १२ बजे बस्ने महाअभियोग सिफारिस समिति बैठकमा जबराको बयान हुनेछ ।

यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न तयार गरिएको थियो ।

गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग दर्ता भएसँगै उनी प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);