काठमाडौं । गएराति काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनमा ‘ग्याङ फाइट’ भएको छ । ग्याङ फाईटमा परि एक जना घाईते बनका छन् । ‘ग्याङ फाइट’ घाइते बन्न पुगेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उक्त घटनामा अन्य केही व्यक्तिहरू पनि सामान्य घाइते बनेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ‘एसपी’ दिनेशराज मैनालीले जानकारी दिए । घटना घटेको थाहा पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीको टोलिले उनीहरुलाई नियन्तणमा लिएको हो । प्रहरी वृत्त दरबारमार्गले घटनाको अहिले अनुसन्धान भै रहेको जनाएको छ।




