वैज्ञानिकले पत्ता लगाए आवाजमार्फत कोभिड संक्रमण पत्ता लगाउने एप | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

वैज्ञानिकले पत्ता लगाए आवाजमार्फत कोभिड संक्रमण पत्ता लगाउने एप

हल्यान्ड। वैज्ञानिकहरूले कृत्रिम आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसको आवाजको विश्लेषण गरेर कुनै व्यक्तिमा कोभिड–१९ संक्रमण भए/नभएको पत्ता लगाउन सक्ने नयाँ मोबाइल एप बनाएका छन् ।

नेदरल्याण्ड्सको मास्ट्रिच युनिभर्सिटीको इन्स्टिच्युट अफ डाटा साइन्सका अन्वेषकहरूले यो एप अन्य एन्टिजेन परीक्षणभन्दा बढी सटिक र तुलनात्मक रूपमा सस्तो, छिटो र प्रयोग गर्न सजिलो भएको दाबी गरेका छन् ।उनीहरुका अनुसार यो एप कम आय भएका देशहरूमा उपयोगी हुन सक्छ जहाँ आरटी–पीसीआर परीक्षण महँगो र पहुँचको अभाव छ । एआई मोडलले ८९ सत्य देखाउने वैज्ञानिकहरुको भनाइँ छ ।

यो एप कोभिड पोजिटिभ संक्रमण पहिचान गर्न करिब ८९ प्रतिशत र नेगेटिभ संक्रमणका केस पहिचान गर्न ८३ प्रतिशत सही भएको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।

Leave a Reply