इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद कहिलेसम्म छ ? | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद कहिलेसम्म छ ?

काठमाडौं। इस्टर्न हाइड्रोपावरले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूकोलाई बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने म्याद भोलि मंगलबारसम्म रहेको छ । तर यस अवधिमा सबै आईपीओ बिक्री नभएमा भने ५ असोजसम्म पनि आवेदन दिन पाइनेछ । कम्पनीले १ सयअंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो। यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आईपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आईपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरूबाट आवेदन दिन सक्नेछन् । इस्टर्नले हाल भोजपुर जिल्लाको पिखुवा खोलामा ५ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);