फलेनिमा दुई कोठे विद्यालय भवन निर्माण | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

फलेनिमा दुई कोठे विद्यालय भवन निर्माण

लमजुङ। दोर्दी गाउँपालिका  ८ बन्सारमा रहेको फलेनी माध्यमिक विद्यालयमा २ कोठे विद्यालय भवन निर्माण भएको छ । श्लिषा संस्थाको समन्वय तथा होल्ड चिल्डेन्स् सर्भिस संस्थाको आर्थिक सहयोगमा भवन  निर्माण गरिएको हो। विद्यालयका प्रधानाध्यापक रामजी श्रेष्ठका अनुसार होल्ड चिल्डेन्स् सर्भिस संस्थाको ३२ लाख ९९ हजार ६ सय ९८ रुपैयाँ र  विद्यालयको १ लाख ५९ हजार ६ सय रुपैयाँ गरी ३४ लाख ५९ हजार २ सय ५८ रुपैयाँ भवन निर्माण गरिएको हो । जस्तापाता राखेर निर्माण गरिएको उक्त विद्यालय भवनमा बाल विकास कक्षा संचालन गर्ने विद्यालयले जनाएको छ । २ कोठ भवनमा शौचालय, बाथरुम समेत रहेको छ ।  विद्यालयका अनुसार बालबालिकाका लागि, खेलकुदका सामग्रीहरु समेत निर्माण गरिएको छ । हाल बालविकास कक्षामा २५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाले विकास र योजना निर्माण गर्दा शिक्षालाई प्रथामिकतामा राखी अघि बढेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);