ब्रह्मास्त्रको टिकट मूल्य ७५ रुपैंयाँ ! | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०७९, बुधवार

ब्रह्मास्त्रको टिकट मूल्य ७५ रुपैंयाँ !

मुम्बई। बलिउड बक्सअफिसमा पछिल्ला दिनमा फिल्महरु फ्लप हुने क्रम जारी छ । ‘लाल सिंह चड्ढा’ देखि लिएर ‘रक्षाबंधन’ र ‘लाइगर’ सम्म आइपुग्दै सबै फिल्म फ्लप भइसकेका छन् । यसले निर्माता मात्र होइन, हल सञ्चालक पनि ठूलो घाटामा छन् । यहीकारण आगामी सेप्टेम्बर ९ बाट रिलिज हुने रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ हेर्न चाहने दर्शकका लागि हल सञ्चालकले ७५ रुपैंयाँमै टिकट उपलब्ध गराउने भएका छन् । मल्टीप्लेक्स एसोसिएसन अफ इण्डिया (एमएआई) र देशभरका थिएटरले १६ सेप्टेम्बरको राष्ट्रिय सिनेमा दिवसको अवसर पारेर ७५ रुपैंयाँमा नै टिकट उपलब्ध गराउने निर्णय गरेका छन् । १६ सेप्टेम्बरमा ४ हजार थिएटर यो राष्ट्रिय सिनेमा दिवसको हिस्सा बन्दैछन् ।

यो दिवस कोरोना महामारीपछि थिएटर खुलेको अवसर पारेर धन्यवाद दिनका लागि मनाइँदैछ ।

Leave a Reply