बीमा समिति कर्णाली प्रदेश कार्यालयबाट सेवा सुरू | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

बीमा समिति कर्णाली प्रदेश कार्यालयबाट सेवा सुरू

सुर्खेत।अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गरेका छन् । बीमा समितिले पहिलो प्रादेशिक कार्यालयको शुभारम्भ गरेको हाे ।

समितिले गत १ असारदेखि नै उपनिर्देशक पदम सोडारीको नेतृत्वमा कार्यालय सञ्चालनमा ल्याएको थियो । तर, औपचारिक रुपमा भने आजदेखि शुभारम्भ भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्ण नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री लगायतको उपस्थिति थियो । समितिले एकै पटक तीन वटा प्रादेशिक कार्यालयको स्थापना गरेको छ । जसमध्ये औपचारिक रुपमा पहिलो उद्घाटन गर्न कर्णाली प्रदेश कार्यालय सफल भएको छ । प्रादेशिक कार्यालयले कर्णाली प्रदेशभरिका अभिकर्तालाई लाइसेन्स दिने तथा तालिम दिनेछ । त्यस्तै सर्भेयरको लाइसेन्स नविकरण पनि गर्न पाउनेछ । बीमितले प्रादेशिक कार्यालयमा आफ्ना गुनासो राख्न पाउनेछन् । उनिहरुको गुनासोलाई प्रादेशिक कार्यालयले नै सहजिकरण गर्न पाउनेछ ।

समितिको प्रादेशिक कार्यालयले यस क्षेत्र भित्र रहेका बीमा कम्पनीका शाखा कार्यालयको नियमन र सुपरिवेक्षण गर्नुका साथै कम्पनीहरुले के के गरिरहेका छन् भन्ने प्रत्यक्ष सुपरिवेक्षण गर्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);