'माटो जोगाऔँ' अभियानमा सहकार्य गर्न सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गर्दै सरकार | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

‘माटो जोगाऔँ’ अभियानमा सहकार्य गर्न सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर गर्दै सरकार

काठमाडौं। विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (Save Soil) अभियान अन्तर्गत नेपाल सरकारसँग यहि १७ भदौ अर्थात २ सेप्टेम्बरमा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (Conscious Planet) बीच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो । ‘माटो जोगाऔँ’ अभियान माटोको विनासलाई सम्बोधन गर्नको लागि इशा फाउण्डेसन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ ।

माटोको विनासको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नको लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा सय दिने यात्रा सुरु गरेका थिए । यात्राको सुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन् । ६ क्यारिबियन राष्ट्र, अजरबैजान, युएई लगायतले माटो जोगाउन सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् भने पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै कि आ.यू.सि.एन. (IUCN), संयुक्त राष्ट्रसङ्घका संस्थाहरू – यू.एन.सि.सि.डी. (UNCCD), डब्ल्यू.एफ.पी. (WFP) तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन् ।

Leave a Reply