काठमाडौं । अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापा मोरङ क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छन् । आगामी मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभाको चुनावमा थापालाई राप्रापाले मोरङ–३ बाट उम्मेदवारका लागि सिफारिस गरेको हो । मोरङ रेखा थापाको गृहजिल्ला समेत हो । उनी अहिले मोरङमा भएको राप्रपाको चुनावी कार्यक्रममा व्यस्त छिन् ।