साथीको चिर्पट प्रहारबाट घाइते बनेका गुरुङको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लमजुङ, १९ मंसिर। लमजुङमा साथीले गरेको चिर्पट प्रहारबाट गम्भिर घाइते बनेका बेलबहादुर गुरुङको मृत्यु भएको छ।

राइनास नगरपालिका–९ कुँडुलेमा ३६ वर्षीय बेलबहादुर गुरुङले दाउराको चिर्पट प्रहार गरेपछि आफ्नै साथीको चिर्पट प्रहारबाट गम्भीर घाइते रत्न प्राविका पूर्वप्रधानाध्यापक ५५ वर्षीय हितमान श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

तत्काल लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएकोमा उपचार हुन नसकी गुरुङलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल, फिस्टेल हुँदै काठमाडौंको न्युरो अस्पताल लगिएको थियो ।

गुरुङको उपचारकाक्रममा सोमबार न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । बेल बहादुर भने फरार रहेको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);