ब्रोकर लाइसेन्ससम्बन्धी प्रस्ताव पारित गर्न लगानीकर्ताको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

ब्रोकर लाइसेन्ससम्बन्धी प्रस्ताव पारित गर्न लगानीकर्ताको ध्यानाकर्षण

काठमाडौं। धितोपत्र बोर्डले प्रस्ताव गरेको ब्रोकर लाइसेन्ससम्बन्धी नीतिगत प्रस्तावलाई असफल बनाउन लागिएको भन्दै सेयर लगानीकर्ता एकता समिति नेप्सेको कार्यालयमा पुगेको छ ।

उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको र यसलाई असफल बनाउन केही मन्त्री नै लागिपरेको उनीहरुको आरोप छ । यस विषयमा ध्यानाकर्षण गराउन लगानीकर्ता नेप्से कार्यालय पुगेका हुन् ।

बिहिबारसम्म धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत भई कार्यान्यनमा नआए सरकार राजनीतिक दलविरुद्ध आन्दोलनमा उत्रिने लगानीकर्ताको चेतावनी छ ।

यसबारे आज नै लगानीकर्ताले प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउने कार्यक्रम छ ।

Leave a Reply

ताजा समाचार