केभीकेएसएस बाँस्केटबल भोलिदेखि | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

केभीकेएसएस बाँस्केटबल भोलिदेखि

काठमाडौं। काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुलको आयोजनामा चौथो केभीकेएसएस अन्तरविद्यालय बाँस्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ३६ टिमको सहभागिता रहने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

ब्वाइज टिमलाई आठ तथा गल्र्सलाई चार समूहमा विभाजन गरिने छ । ब्वाइजतर्फ प्रत्येक समूहको शीर्ष दुई टोली प्रिक्वाटरफाइनलमा प्रवेश गर्नेछन् । गल्र्सको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्नेछन् । २२ भदौसम्म चल्ने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);