नागरिकता विधेयक : विधायन समितिमा छलफल सुरु, कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

नागरिकता विधेयक : विधायन समितिमा छलफल सुरु, कसले के भने ?

काठमाडौं ।  नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकी छन् । जसका कारण प्रतिनिधिसभासले पुनः जस्ताको तस्तै पारित गरेर पठाएको सन्देशसहितको नागरिकता विधेयकलाई राष्ट्रिय सभाले आइतबार विधायन समितिमा पठाएको हो । राष्ट्रिय सभाले पठाएकै भोलिपल्ट सोमबार विधायन समितिमा छलफल सुरु भएको हो ।

छलफलमा कसले के भने ?

देवेन्द्र दाहाल

नागरिकता विधेयकबारे पहिले सरकारको धारणा आओस् । त्यसपछि मात्रै अगाडि बढौँ । सरकार के चाहन्छ, त्यसपछि हामीलाई आफ्नो धारणा राख्न सहज हुन्छ  ।

बिमला राई पौड्याल 

प्रक्रियाको विषयमा के हो ? पहिला विधेयक आयो, संशोधन हालौँ । तर, छलफल नगरी पारित गरेर पठाइएको थियो । अहिले फिर्ता आइसकेपछि पहिले हालेको संशोधन के हुन्छ ? छलफल हुन्छ भने संशोधनकर्तालाई बोलाऔँ ।

भगवती न्यौपाने

गहन रुपमा छलफल गर्नुपर्ने हुन्छ । पहिले सरकारको धारणा चाहियो ।

भैरव सुन्दर श्रेष्ठ 

विज्ञको कुरा सुन्नुपर्छ । नागरिकता विधेयक जस्तो विषयमा छिटो छिटो भनेर हँुदैन ।  हामीले पहिले पनि संशोधन हालेका थियाैँ । त्यही कुरा राष्ट्रपतिले फिर्ता पठाउँदा भन्नुभएको छ  । यसलाई प्रक्रियागत रुपमा लैजाऔँ । लोकतान्त्रमा बहुमत र अल्पमत हुन्छ । बिगतमा पनि माने कै हो । यसलाई जित र हारको विषय नबनाऔँ । गहन छलफल गरौँ । सबै पक्षको कुरा सुनेर अगाडि बढाँै ।

प्रमिला कुमारी  

जन्मसिद्धको सन्तान अनागरिक छन् । यहि कुरा नै मुख्य हो अबिलम्ब पारित गरौँ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);