भारतबाटै बढेर आयो इन्धनको मूल्य, अब निगमको मासिक घाटा एक अर्ब | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

काठमाडौं, १९ मंसिर । भारतबाटै इन्धनको मुल्य बढेर आएपछि नेपाल आयल निगमको मासिक घाटा करिब १ अर्ब रुपैयाँ पुग्ने भएको छ।भारतले यही डिसेम्बरमा पठाएको मूल्यसूची अनुसार निगमको पाक्षिक घाटा ५३ करोड १६ लाख रुपैयाँ पुगेको निगमका कार्यवाहक कार्यकारी निर्देशक शुसिल भट्टराइले बताएका हुन्।

यो रहक मासिक हिसाब गर्दा एक अर्ब ६ करोड रुपैयाँ पुग्छ । यसअघिको मूल्यसूचीअनुसार निगमको पाक्षिक घाटा करीव ५५ करोड रुपैयाँ रहेको थियो। भारतीय आयल निगम ९आइओसी० पठाएको मुल्य सूचीमा साविकको भन्दा प्रतिलिटर हवाइ इन्धनमा सात प्रतिशत, डिजेलमा २ प्रतिशत तथा पेट्रोल र खाना पकाउने एलपी ग्यासमा १ प्रतिशत मूल्य बढेको निगमले जनाएको छ।

ताजा समाचार

आजको मौसम

१ घन्टा अघि