छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु   | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  

काठमाडौं। मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रुपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ग.२२ प ६१३ नम्बरको मोटरसाइकल ना.४ ख ९६०३ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । आइतबार भएको सो दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका–२ घर भएकी २५ वर्षीया श्रृजना विक रहेकी छन् ।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान र मोटरसाइकलमा सवार उनका छोरा उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कस्थित सडकमा बा.६० प ५२४३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्चि नगरपालिका–१३ बस्ने ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिरमेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरमा रोकी राखेको ना.७ ख २९७९ नम्बरको टिपरमा बागमती प्रदेश ०३–००४ प ५३७८ नम्बरको मोटरसाइकल सोमबार विहान ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२७ दिब्यनगर बस्ने ३३ वर्षीय बिजय भुजेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गोरकट्टास्थित सडकमा लु.१६ प ६१३० नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–३ शंकरनगर बस्ने १२ वर्षीय समिक्षा खराल र ७ वर्षीय सुग्रिम खराल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल लु.२८ प ४३७३ नम्बरको मोटरसाइकलमा ठोक्किई अनियन्त्रित हुँदा लु.१ क ३०६४ नम्बरको मिनि ट्रकमा समेत ठोक्किन पुगेको थियो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);