नागरिकता विधेयकमा पुनर्विचार गन बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

नागरिकता विधेयकमा पुनर्विचार गन बैठक बस्दै

काठमार्डौ  । नागरिकता विधेयकमा पुनर्विचार गर्न राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

नागरिकता विधेयकमा पुनर्विचार गर्न विधायन व्यवस्थापन समितिमा आएपछि समितिका जेष्ठ सदस्य नारायण दत्त मिश्रले आज बैठक बोलाइएको बताउनु भएको हो । राष्ट्रियसभाले नागरिकता विधेयक पुनर्विचारको लागि आइतबार विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

राष्ट्रियसभाको आईतवार बसेको दोस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनेर राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

राष्ट्रपति कार्यालयबाट पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयक भदौ २ गते बिहीवार बसेको प्रतिनिधि सभाको बैठकले यथावत रुपमा पारित गरिसकेको छ ।
०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);