भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा राहुल गान्धी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

काठमाडौँ, १९ मंसिर । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी सर्वसम्मत भएका छन् । अध्यक्ष पदमा कसैले उम्मेदवारी नदिएकाले राहुल गान्धी नै पार्टीको अध्यक्ष भएका हुन् । कांग्रेस अध्यक्षको पदमा ८सय९० प्रस्तावक थिए भने राहुल गान्धीको उम्मेद्वारीलाई ८९ले समर्थन गरेका थिए।

राहुलकी आमा सोनिया गान्धीले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेकाले भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेद्वारी दर्ता गराएका थिए। आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनका लागि पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबार रहेको थियो।

गत पाँच वर्षयता राहुल गान्धी पार्टीको उपाध्यक्ष पदमा थिए । सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया गान्धीले छोरालाई अध्यक्ष पदको बागडोर दिन लागेको बताइन्छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);