काठमाडौं। सिटबाँडफाँटबारे टुंगो लागउन बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको सहभागिता थियो । तर बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला अनुपस्थित थिए ।
आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँटबारे टुंगो लगाउन चुनाव घोषणा भएसँगै छलफलमा जुटेका हुन् । तर उनीहरु सहमतिमा पुग्न सकेका छैनन् ।
आजको बैठकमा सिट बाँडफाँटका आधारहरूमाथि छलफल भएको थियो । बैठक भोलि पुन: बस्ने जनाइएको छ ।