'फ्लोरिडा बन्दुकधारीको मस्तिष्क टुटेको थियो’ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

‘फ्लोरिडा बन्दुकधारीको मस्तिष्क टुटेको थियो’

न्युयोर्क। फ्लोरिडा विद्यालयका बन्दुकधारीका वकिलहरुले बन्दुकधारीलाई मृत्युदण्ड बचाउनुपर्ने राय राखेका छन् । कठिन बाल्यकालका कारण उनको दिमाग स्थायी रुपमा विग्रिएको तर्क गर्दै उनलाई मृत्युदण्डबाट जोगाउनुपर्ने बताएका हुन् । २३ वर्षीय निकोलस क्रुजले सन् २०१८ को १४ फेब्रुवरीमा फ्लोरिडाको पार्कल्याण्डको मार्जोरी स्टोनम्यान डगलस हाई स्कुलमा १७ जनाको हत्या गरेकोमा दोषी स्वीकार गरेका थिए ।

उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय सुनाइने भन्ने बारेमा सुनुवाइले निर्धारण गर्नेछ । यो गोलीकान्ड अमेरिकामा निर्णायक फैसलामा पुग्ने सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो । सोमबार क्रुजका मुख्य वकिल मिलिसा म्याक नेलले आमाको कोखमा हुँदा क्रुजलाई लागूऔषध र मदिरामा एक्सपोज गरिएको र यो नरसंहारको कारक भएको बताइन् ।
आक्रमणकारीलाई क्षतिग्रस्त व्यक्ति भन्दै उनले भनिन्, ‘उसको मस्तिष्क अपरिवर्तनीय रूपमा टुटेको थियो । ’ उनले अगाडि थपिन, ‘अपराधका पछाडिका मानिसलाई हामीले चिन्नु आवश्यक छ’, सात पुरुष, पाँच महिला र १० वैकल्पिक न्यायाधीशहरूको निर्णायक मण्डलअगाडि म्याक नेलले भनिन् । आमाले ड्रग्सको दुरुपयोग गरेकी क्रुजकी सौतेनी बहिनी डेनियल वुडर्डले जानकारी दिइन् ।

कार चोरीको मुद्दामा सुनुवाई कुरिरहेकी वुडर्डले आफ्नी आमालाई ‘भयंकर’ बताएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);