निशानामा पाकिस्तानका खोप अभियानकर्मी | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

निशानामा पाकिस्तानका खोप अभियानकर्मी

इस्लामबाद ।पाकिस्तानमा पोलियो खोप अभियानकर्मी निरन्तर निशानामा पर्ने गरेका छन् ।  हालै उत्तर पश्चिम पाकिस्तानमा पोलियो खोप समूहलाई सुरक्षा गर्ने दुई सुरक्षाकर्मीलाई बन्दुकधारीले गोली हानेर हत्या गरेसँगै  खोप अभियानकर्मी निशानामा पर्ने गरेका हुन् । खोप दिने दुई टोली भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

पाकिस्तान र अफगानिस्तान मात्र देशहरू हुन्, जहाँ पोलियोले महामारीको रूप लिएको छ । स्थानीय पोलियो खोप टोली प्रायः खोपविरोधी लडाकुको निशानामा हुन्छन् । उनीहरूमध्ये धेरैले खोप मुस्लिमहरूलाई बाँझो बनाउने पश्चिमी षड्यन्त्र भएको दाबी गर्दै आएका छन् ।

हालैकाे घटनामा  दुई बन्दुकधारीहरू नजिकैबाट  गार्डहरूमाथि गोली चलाउनुअघि एउटा सानो पानीको नहरनजिक नजिक लुकेका स्थानीयले बताएका थिए ।

पोलियोले घातक हुन सक्छ वा बिरामीहरूलाई पक्षाघात बनाउन सक्छ ।

Leave a Reply

ताजा समाचार