एक अर्कालाइ निषेध गरेर देश अघि बढ्न सक्दैनः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

एक अर्कालाइ निषेध गरेर देश अघि बढ्न सक्दैनः प्रधानमन्त्री

१६ फाल्गुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको स्वीकार्यता बढाउनका लागि मधेस पहाड र हिमाल जोडेर निर्वाचन गराउने अन्तिम प्रयासमा सरकार लागेको बताउनु भएकोछ ।

शेर्पा जातीको लोसार पर्वका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । उहाँले सबै जात जाती मिलेर अगाडि बढेमा नै राष्ट्रिय एकता बलियो हुने भन्दै एक अर्कालाइ निषेध गरेर देश अघि बढ्न नसक्ने उल्लेख गर्नु भयो ।

प्रधानमन्त्री दाहालले न्याय र समानताका पक्षपाती एकै ठाउमा भएमा मात्रै अन्यायका बिरुद्ध लड्न सकिने बताउनुभयो । उहाँले नेपाली शेर्पा जातीका कारण नेपाललाई विश्वमा चिनाउन ठूलो सहयोग पुगेको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);