मेरो जितमाथि कुनै शंका नगर्नुस् : अध्यक्ष प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

चितवन, १८ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जितमाथि कुनै शंका नगर्न आग्रह गरेका छन् ।

सोमबार चितवनमा सञ्चारकर्मीसँग ककुराकानी गर्दै उनले जित सुनिश्चित देखेकै कारण आफू चितवनबाट उम्मेदवार बनेको दाबी गरे ।

“जनताले पहिल्यैदेखि प्रचण्ड चितवन आउनुपथ्र्यो भन्ने चाहना व्यक्त गरेका रहेछन् । मैले बल्ल बुझ्दै छु,” उनले भने ।

विकासको प्रचुर सम्भावना भएको जिल्ला भएकाले देशभरिका लागि एउटा नयाँ नमुना प्रस्तुत गर्न आफू चितवनाट उम्मेदवार बनेको अध्यक्ष दाहालको भनाइ थियो । चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनुभएका दाहालले आफ्नो प्रतिस्पर्धी कोही नभएको बताए ।

आफूले देश र जनताका लागि गरेको योगदानको जनताले मूल्यांकन गर्ने भन्दै उनले अब चितवनबाट विकास र समृद्धिको यात्रा शुरु हुने बताए । चितवनका जनताले आफूलाई प्रचण्ड बनाएको भन्दै त्यो ऋण तिर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);