सर्मिला गुरुङ । १६ फाल्गुन काठमाडौं । भोट भाषाको पात्रो अनुसार प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिनमा मनाइने ग्याल्बो ल्होसार शेर्पा लगायत हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरुको नयाँ वर्ष हो । यस वर्ष बादर वर्गको विदाई र चरा बर्गको आगमन भएको खुशियालिमा शेर्पा समुदायले ग्याल्बो ल्होसार बडो धुमधामका साथ मनाएका छन् । प्रत्येक वर्ष झै यस बर्ष पनि शेर्पा समुदायले ग्याल्बो ल्होसार बडो धुमधामका साथ मनाएका छन् ।
नयाँ बर्षको रुपमा मनाउने ग्याल्बो ल्होसार शेर्पा समुदायको प्रमुख सांस्कृतिक चाड हो । भोट भाषाको पात्रो अनुसार प्रत्येक बर्ष फागुन शुक्ल प्रतिपदाका दिनमा नया वर्ष फेरिने मान्यता छ । शेर्पा समुदायको संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । त्यसै मान्यता अनुसार सोमबार बादर बर्गको अन्त्य र चरा बर्गको आगमन भएको खुशियालीमा शेर्षा समुदायले ग्याल्बो ल्होसार मनाएका हुन् ।
शेर्पा समुदायमा लोसार अथवा नयाँ साल आउनु भन्दा २÷३ दिन अगाडी नै घर, आगन सबै ठाउँ सफा गर्ने र ग्रह शान्तिको प्रतिक घर सफा गर्दा निस्केको फोहोरलाई चौबाटोमा फ्याक्ने परम्परागत प्रचलन छ । त्यस्तै ल्होसारका एक दिन अगाडि सेर्पा समुदायमा गुथुक खाने प्रचलन छ । गुथुक भनेको विभिन्न नौ प्रकारका गेडागुडि मिसाएर बनाइएको एक परिकार हो । गुथुक खादा परिवारको सख्यां अनुसार पिठोका डल्लाहरू बनाई त्यसभित्र विभिन्न किसिमका (कागज, घ्यू, नुन, खुर्सानी, कोइला आदि इत्यादि) सामग्री राख्ने गरिन्छ ।
त्यस्तै ल्होसारका दिन शेर्पा समुदयाहरु विहानै उठेर चोखो निधोभई भगवान् बुद्धको पुजापाठ गर्ने गर्छन् । त्यस पछि घरका ठुलावडाबाट अशिर्वाद लिइ चिया, खप्सा लगायत प्रसाद खाने र घर परिवारमा एकआपसमा रमाइलो गर्ने चलन छ । शेर्पा समुदायले ग्याल्बो ल्होसार १५ दिन सम्म मनाउने गर्छन् । ल्होसारको २÷३ दिन सम्म शेर्पाहरु परिवारसगै बसेर रमाउलो गर्छन् । नेपाल सरकारले समेत यस चाडको अवसरमासार्वजनिक विदा दिदै आइरहेको छ ।